अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना
प्रदेश अस्पताल, गोरखाबाट विभिन्न पदका लागि प्रकाशित विज्ञापनअनुसार सञ्चालन गरिएको लिखित तथा अन्तर्वार्ता परीक्षापश्चात् कायम हुन आएको अन्तिम नतिजा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।
सफल उम्मेदवारहरूले सूचनामा उल्लेखित अवधिभित्र अस्पतालमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध छ। साथै, तोकिएको अवधिभित्र नियुक्ति लिन नआएमा वैकल्पिक उम्मेदवारलाई सिफारिस गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
📌 विस्तृत विवरणका लागि संलग्न सूचना हेर्नुहोस्।
प्रदेश अस्पताल, गोरखा
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश