वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व षष्ठी - ६
६ जेठ, २०८२
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश अस्पताल गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखाका स्वास्थ्यकर्मीहरूका लागि "Early Warning and Reporting System (EWARS)" सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
२०८१ साल बैशाख १९, २० र जेठको २ र ३ गतेका २ शिफ्टमा २ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिद्धार्थ खनालले गर्नुभएको थियो। कार्यक्रममा विशेषज्ञ चिकित्सक डा. विजय शर्मा र ल्याब इन्चार्ज नानी माया राना मगर स्रोतव्यक्ताका रूपमा आफ्नो प्रस्तुतीकरण दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन मेडिकल रेकर्डर श्री तिलक आचार्यले गर्नु भएको थियो भने मेडिकल रेकर्डर श्री गणेश सिलवालले सहायकको भूमिका निर्वाह गर्नु भएको थियो।
EWARS प्रणाली विशेष गरी संक्रामक रोगहरूको प्रारम्भिक चेतावनी र सूचनाको द्रुत संकलन तथा विश्लेषणमार्फत महामारीको पूर्व तयारी र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी भएको सहभागी स्वास्थ्यकर्मीहरूले बताएका छन्।
कार्यक्रमले अस्पतालभित्रको रिपोर्टिङ प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।