वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व षष्ठी - ६
६ जेठ, २०८२
प्रदेश अस्पताल गोरखाको आयोजनामा पालुङटार नगरपालिका, धुवाकोट वडा न. ८ रातामाटामा आङ्ग खस्ने रोग, पाठेघरको मुखको क्यान्सर र जनरल स्वास्थ्य जाचको १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पालुङ्गटार नगरपालिका-८ मा रहेको वडा कार्यालय भवनमा २०८२/०१/३१ गते बुधबार स्वास्थ्य शिविर सन्चालन गरिएको हो।
अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष मोहन बहादुर थापाको उपस्थितमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सिद्दार्थ खनाल,प्रसुती तथा महिला रोग विशेषज्ञ डा.अन्जु थापा लगायत स्वास्थ्यकर्मीको टिमले उक्त शिविरमा २०१ जनाले जनरल स्वास्थ्य चेकजाच गरेका थिए। त्यसमध्ये ६ जनाको पाठेघर खस्ने रोगको समस्या भएका महिलाको पहिचान गरी एकजनामा रिङ्ग पेसरी (Ring Pessary) राखी उपचार गरिएको छ। त्यस्तै ७६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको (VIA Screening) प्रारम्भिक जाँच गरिएको थियो। उक्त जाचमा एकजनामा पोजिटिभ देखिएको छ र उक्त महिलालाइ थप जाँच र उपचारका लागि प्रदेश अस्पताल गोरखा बोलाइएको छ।
ग्रामीण क्षेत्रमा भएको उक्त शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो।