श्री जनता माध्यमिक बिद्यालयमा एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम

श्री जनता माध्यमिक बिद्यालयमा  एकद्वार संकट व्यवस्थापन केन्द्र  सम्बन्धी अभिमुखिकरण कार्यक्रम

गोरखा अस्पताल, गोरखाको आयोजनामा श्री जनता माध्यमिक बिद्यालय, आपिपलमा  एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC)  सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। गोरखा अस्पतालबाट सो कार्यक्रमको लागि निमित मेडिकल सुपरिटेन्डेण्ट डा सिद्धार्थ खनाल सहित मेडिकल अधिकृत डा युवराज अधिकारी , डा अनुराग पोखरेल , अस्पताल व्यवस्थापक श्री लिपासा श्रेष्ठ र नर्सिंग अधिकृत श्री कृपा भण्डारीको उपस्तिथि रहेको थियो।

सो कार्यक्रममा तालिम प्राप्त मेडिकल अधिकृत डा युवराज अधिकारीले एकद्वार संकट व्यवस्थापन केन्द्र तथा लैंगिक हिंसाको बारेमा विद्यालयका ८,९,१०,१२ क्लासमा अध्ययनरत बिद्यार्थीहरुलाई जानकारी  गराउनु भयो। लैंगिक हिंसाको भनेको के हो, Good touch and Bad touch, हिंसा कस्तो प्रकारको हुन्छ इत्यादीको बारेमा डा अधिकारीले भन्नु भयो भने नर्सिंग अधिकृत श्री कृपा भण्डारीले लैंगिक हिंसामा परे के गर्ने, के नगर्ने, कसलाई सम्पर्क गर्ने र गोरखा अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) ले कसरी सेवा दिदै आएको छ भन्ने कुरा राख्नु भयो। गोरखा अस्पतालले  एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मार्फत हिंसा पिडितहरुलाई  २०७४ सालबाट  सेवा दिदै आएको छ. कोही मानिस लैंगिकमा परे र यो सम्बन्धि जानकारी लिन सम्पर्कको लागि ९८५६०७०२०७ मा फोन गर्न सकिन्छ।