Appointment
×
Our Services

गोरखा अस्पतालले सेवाग्राहीहरुमा विश्वसनिय स्वास्थ्य सेवा प्रदान गर्दछ । गोरखा बजारमा रहेको यस अस्पतालको पुर्वाधार र सहयोगी कर्मचारीको सहायताले गर्दा स्वास्थ्य सेवाको सहज र उपायोगी समाधान गरिन्छ ।

अस्पतालले गर्ने कार्यहरु:

  • अस्पतालमा आवश्यक पर्ने जनशक्ति निर्धारण गर्ने, व्यवस्थापन गर्ने ।
  • अस्पतालबाट प्रदान गर्ने आधारभूत, मध्यम तथा विशेषज्ञ सेवा प्रदान गर्न आवश्यक औषधी, औजार र अन्य सामाग्रीहरुको सुनिश्चितता गर्ने तथा आपूर्ती व्यवस्था मिलाउने ।
  • अस्पतालबाट प्रदान गर्ने सेवाहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।
  • जिल्ला भित्र हुन सक्ने विपद व्यवस्थापनमा उपचारात्मक तथा प्रतिकारात्मक सेवाको पक्षबाट सेवा प्रदान गर्ने तथा सदस्य संस्थाको हैसियतले गर्न पर्ने कार्य गर्ने ।
  • जिल्लास्थित सरकारी, गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी श्रोतको समुचित प्रयोग गरी स्वास्थ्य सेवा प्रदान गर्ने ।

स्वास्थ्य विमा सेवा

विमित सेवाग्राहीहरुलाई अस्पतालमा उपलब्ध भएका सेवाहरु स्वास्थ्य विमाको दायरामा रहि निशुल्क सेवा प्रदान गरिने

रक्तसंचार सेवा

सुत्केरी एवं शल्यक्रियाका क्रममा रक्तस्राव भएका विरामीहरुलाइ आकस्मिक रक्तसंचार सेवा प्रदान गरिने

मेडिकोलिगल सेवा

पोष्टमार्टम सेवा, घाउँ जाँच सेवा, मा.प.से. जाँच सेवा

एम्बुलेन्स सेवा

अस्पतालको एम्बुलेन्स द्वारा २४ सै घण्टा सःशुल्क विरामी ओसारपसार