Appointment
×
Our Services

गोरखा अस्पतालले सेवाग्राहीहरुमा विश्वसनिय स्वास्थ्य सेवा प्रदान गर्दछ । गोरखा बजारमा रहेको यस अस्पतालको पुर्वाधार र सहयोगी कर्मचारीको सहायताले गर्दा स्वास्थ्य सेवाको सहज र उपायोगी समाधान गरिन्छ ।

अस्पतालले गर्ने कार्यहरु:

  • अस्पतालमा आवश्यक पर्ने जनशक्ति निर्धारण गर्ने, व्यवस्थापन गर्ने ।
  • अस्पतालबाट प्रदान गर्ने आधारभूत, मध्यम तथा विशेषज्ञ सेवा प्रदान गर्न आवश्यक औषधी, औजार र अन्य सामाग्रीहरुको सुनिश्चितता गर्ने तथा आपूर्ती व्यवस्था मिलाउने ।
  • अस्पतालबाट प्रदान गर्ने सेवाहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।
  • जिल्ला भित्र हुन सक्ने विपद व्यवस्थापनमा उपचारात्मक तथा प्रतिकारात्मक सेवाको पक्षबाट सेवा प्रदान गर्ने तथा सदस्य संस्थाको हैसियतले गर्न पर्ने कार्य गर्ने ।
  • जिल्लास्थित सरकारी, गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी श्रोतको समुचित प्रयोग गरी स्वास्थ्य सेवा प्रदान गर्ने ।

नवजात सिसु सेवा

२८ दिन भन्दा कम उमेरका शिशुहरूका लागि अस्पतालमा निःशुल्क चिकित्सा सेवाहरू प्रदान गरिन्छ।

एक्स-रे

गोरखा अस्पतालमा अप-टु-डेट एक्स-रे मेशिन छ र हात, खुट्टा, छाती र शरीरका लागि सेवा प्रदान गर्दछ।

फार्मेसी

अस्पतालले सरकारले प्रदान गरेको औषधि नि: शुल्क उपलब्ध गराउँछ जबकि अन्य औषधीहरू सस्तो र सजिलो प्रदान गरिन्छ।

प्रयोगशाला सेवाहरू

रगत, मूत्र, मल र शुक्राणु परीक्षण प्रयोगशालामा प्रक्रियाको आवश्यकता अनुसार गरिन्छ।

एकद्वार संकट व्यवस्थापन केन्द

जबरजस्ती करणी, घरेलु हिंसा, यौनजन्य हिंसा एवं लैङ्गीक हिंसा पिडित महिलाहरुका लागि एकै ठाउ बाट सम्पुर्ण सेवा प्रदान गरिने

सामाजिक सेवा एकाई

नेपाल सरकारले तोकेका लक्षित वर्गहरुलाइ आवश्यक प्रक्रिया पु¥याइ निःशुल्क सेवा प्रदान गरिने